पे–पार्किङ असफल भएपछि महानगरले व्यक्तिलाई बुझायो क्षतिपुर्ति

पाेखरा | असार २६, २०८०

पे–पार्किङ असफल भएपछि महानगरले व्यक्तिलाई बुझायो क्षतिपुर्ति

पोखराः गत माघदेखि पोखरा महानगरले न्यूरोडमा सुरु गरेको पे–पार्किङ असफल भएपछि पार्किङ सञ्चालकलाई महानगरले क्षतिपुर्ति थमाएको छ । 

 

महानगरले अघि सारेको योजना असफल भएपछि क्षतिपुर्ति बुझाएको यो पहिलो पटक हो । 

 

महानगरले न्यूरोडस्थित पुरानो पूर्णिमा हलको खाली जग्गामा पे–पार्किङको व्यवस्था गरी धुमधामले शुभारम्भ गरेको थियो । उक्त पार्कि«ङ सञ्चालन गर्ने जिम्मा स्थानीय एक युवाले लिएका थिए । त्यसबखत उनले महानगरको योजनालाई सघाउन तयार रहेको बताएका थिए । 

 

सोही अनुरुप उनले फिल्महलको खाली जमिनमा लगानी गरी पार्किङयोग्य पनि बनाए । तर पार्किङ नचलेपछि लगानी डुबेको भन्दै उनले असारको पहिलो साता क्षतिपुर्ति दाबी गर्दै महानगरमा निवेदन दिएका थिए । 

 

करिब ४ लाख रुपैयाँ लगानी गरेको बताएका उनले हाल क्षतिपुर्तिवापत महानगरबाट २ लाख ७० हजार रुपैयाँ पाएका छन् । 

 

व्यक्तिलाई क्षतिपुर्ति तिरेको विषयमा जानकारी लिन खोज्दा महानगरका प्रवक्ता मोतिलाल तिम्सीनाले यस विषयमा आफुलाई कुनै जानकारी नभएको भन्दै बुझेर खबर गर्ने बताएका छन् । 

इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक घोषणा समेत गरिएको छ ।   यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वो...

थप पढ्नुहोस्

निर्वाचनको अघिल्लो दिन अर्थात् फागुन २० गते लामो तथा मध्यम दुरीका रात्रि बसहरू सञ्चालन नहुने यातायात व्यवसायीले बताएका छन् ।   निर्वाचन आयोगले मतदानलाई लक्षित गर्दै फागुन २० गते राति १२ बजेदेखि २१ ग...

थप पढ्नुहोस्

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ ।    यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ ।   ...

थप पढ्नुहोस्